डडेल्धुरा। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ मा दाबी गरेको थियो। डा.तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी उम्मेदवारी दिएका छन् ।
जोशीलाई नेपाली कांग्रेस बीपीको सहयोग भएको छ। जोशीलाई एमालेको समर्थन जुटाउन वार्ता पनि जारी रहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए। गत चुनावमा जोशीलाई हराएका मल्ल पनि अहिले उनकै समर्थनमा उत्रिएका छन्। मल्ल समर्थनमा उत्रिएपछि जोशीलाई चुनाव जित्न सहज हुने देखिएको छ।
अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार मल्लसँग पराजित जोशीको लागि प्रदेशसभा २ दाबी गरिएको थियो। अहिले उक्त क्षेत्र कांग्रेसको भागमा परेको छ। अर्को क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ। कांग्रेसबाट गोविन्दराज बोहरालाई टिकट दिएसँगै पार्टीभित्र पनि असन्तुष्टि बढेको छ। कांग्रेसका जिल्ला पार्टी सभापति भीमबहादुर साउँदले प्रदेशसभा १ मा टिकट नपाएपछि कांग्रेसमा असन्तुष्टि चुलिएको हो