अछामका भीम रावल एमालेको सम्पर्कमा छैनन्, विकल्पमा कृष्ण जैसीलाई उम्मेदवार बनाउछौँ

काठमाण्डौ। नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले एमालेमा कुनै जिम्मेवारीमा छैनन्। तत्कालीन अवस्थामा वरिष्ठ नेता माधव कुमार नेपालनिकट रावल पार्टी विभाजनका क्रममा १० बुँदे सहमतिपछि एमालेमै रहे।चितवनमा भएको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका उनी पार्टीका गतिविधिमा निष्क्रिय जस्तै छन्।