धनगढी। धनगढीमा सशस्त्र प्रहरी बलले भन्सार छलि ल्याएका भैसी,लत्ताकपडा सहित सामान बरामद गरेको छ । अवैधरुपमा भन्सार छलेर ल्याइएका लत्ताकपडा, राँगा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ।
सशस्त्र प्रहरी बलबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा भैसी,लत्ताकपडा सहित सामान बरामद गरेको ३४ गण हेडक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । भारतबाट भन्सार छली ल्याएका बेवारिसे अवस्थामा सामान सहित २ लाख ५८ हजार बराबरका रकम कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको उनले बताएका छन् ।

