धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख ले उमेदवार सिफारिश गरेको छ । ख बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिनय शाह । राष्टिय युवा संघका सुदूरपश्चिम संयोजक तथा एमाले कैलाली जिल्ला कमिटि सदस्य समेत रहेका शाहलाई आज बसेको क्षेत्रिय कमिटि बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो ।
२०६२ सालमा काठमाडौँको नेपाल कलेज अफ इनफर्मेसन टेक्नोलोजी(एनसीआईटी) बाट पार्टीको भातृ संगठन अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन् । विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै आर्जन गरेको लोकप्रियताकै कारण २०६६ सालमा शाहले पोखरा विश्वविद्यालयको इकाइ कमिटि अध्यक्षको जिम्मेवारी पाए ।
पोखरा विश्वविद्यालयमा इकाइ कमिटि अध्यक्षका रुपमा काम गर्दा संगठनलाई बलियो बनाउन शाहले खेलेको भूमिकाकै कारण उनी त्यसको करीब दुुई वर्षपछि अनेरास्ववियुकै केन्द्रीय कमिटिको सदस्य भए । २०७२ सालमा एमालेको भातृ संगठन युवा संघको केन्द्रीय कमिटि सदस्यमा बनेका शाह जिल्लादेखि प्रदेश हुुँदै अेरास्ववियुु र युुवा संघको राष्ट्रिय राजनीतिमा आफ्नो पकड जमाउँदै गए ।
शाहसँग एसियाली विद्यार्थी संघको महासचिव, विश्व प्रजातान्त्रिक युुवा संगठनको अन्तराष्ट्रिय सम्मेलन आयोजक कमिटि सदस्य र कैलाली जिल्ला सदस्य भएर काम गरेको अनुुभव छ । उनी पेशाले इलेक्ट्रोनिक एण्ड कम्युुनिकेशन इन्जिनियर र सिस्टम इन्जिनियर समेत हुन् । शाह संगै दुर्गा जोशी, खेम राज पाण्डे , यज्ञ ढुङ्गाना र चुडामणी भट्ट, महिलामा सानू साउद को नाम सिफारिश भएको छ ।