धनगढी : कैलालीमा कुटपिट मुद्धाका अभियुक्तलाई पक्राउ गरेर ल्याउँदै गर्दा अभियुक्त हतकडी सहित फरार भएका छन् । आज दिउसो करिब १ बजेको समयमा कैलालीको जोशिपुर गाउँपालिका ४ का शंकर चौधरी हतकडी सहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अन्दाजी २८ बर्षिय शंकर चौधरीका नाममा उनकै बुवाले कुटपिट सम्बन्धि दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर ल्याउँदा उनि बाटोबाटै फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीका अनुसार सेतो टिसट, खैरो हाप पाईन्ट लगाएको दाडी पालेको ५ फिट ५ इन्च उचाई भएका अभियुक्त चोधरी फरार भएको बताए ।
इलाका प्हरी कार्यालय जोशीपुरको टोलीले चौधरीलाई हतकडी लगाई पक्राउ गरी ल्याउने क्रममा हतकडी सहित नदीमा हाम फाली भागि फरार भएको प्रहरीले जनाएको छ । उनको खोजीका लागी ईलाका प्रहरी कार्यालय जोशीपुर बाट प्रहरी नायब निरिक्षक चंख बहादुर कठायतको टोलि र ईलाका प्रहरी कार्यालय भजनी बाट प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको कमाण्डमा टोलि खटिई खोज्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।