कञ्चनपुर। कञ्चनपुरमा बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको मिति २०७६माघ २७ गतेको फैसलाले १ वर्ष ८ महिना कैद र ६,७०० जरिमाना ठहरेका फरार रहेका युवक पक्राउ परेका हुन्।प्रहरीका अनुसार फरार कसुरदार महाकाली नगरपालिका २ बस्ने हरिष बम पक्राउ परेका हुन्।
उनलाई घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ।कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट आज उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ। साथै अशं मुद्दामा जरिबाना हुने ठहरी लगत बसेका बिमल राना र अरुण राना लाई पक्राउ गरी ५० हजार ७सय ३५ रुपैयाँ जरिवाना असुल गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।