धनगढी : कैलालीका दुई ठाउँमा बम जसतो शंकास्पद बस्तु फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया स्थित मोहना अत्तरिया ६ लेन खण्डमा एक बस्तु भेटिएको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।
अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए। उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ। बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।