धनगढी : धनगढीमा सञ्चालित बिभिन्न योजनाहरु आफुले बनाएको भन्दै प्रदेशसभा सदस्य नेपालु चौधरी आफुले बनाउको भन्दै गलत प्रचारमा लागेको धनगढी उप महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारीले गुनासो गरेका छन् । वडा कार्यालयको बजेटमा निर्माण भएको वडा नम्बर ९ को सामुदायिक भवन आफुले बनाउको भन्दै चौधरीले गलत प्रचार गरेको भण्डारीले बताए ।
आर्थिक बर्ष ७५÷७६, ७६÷७७, ७७÷७८ बर्षमा वडा कार्यालयले बनाएका भवनलाई सांसद चौधरीले आफ्नो योजना भन्दै भिडियो डकुमेन्टी« मार्फत गलत प्रचार गरिरहेको उनले बताए ।
यस्तै तत्कालिन प्रदेशसभा सदस्य तथा सामाजिक बिकास राज्यमन्त्री टेक बहादूर रैकाले हालेको योजनाबाट निर्माण भएको मेलमिलाप सामुदायिक केन्द्रपनि आफैले हालेको योजना भन्दै चोधरीले गलत प्रचार गरेको वडा अध्यक्ष भण्डारीले बताए । वडा कार्यालय र अरु ब्यक्तीले हालेको बजेटमा आफ्नो भन्दै चौधरीले झुटा कुरा जनतालाई भनिरहेको भन्दै भण्डारीले आपत्ति जनाए ।
काम उहाँलेपनि गर्नुभयो होला जहाँ उहाँले योजना हाल्नुभएको छ हामीले उहाँकै नाम लिइरहेका छौँ भण्डारीले भने “तर वडा कार्यालयकै योजनामा बनेका संरचना आफ्नो योजनामा बनेको भनेर गलत प्रचार त गर्नुभएन नी, देखाउनु छ भने आफ्ना योजना देखाउनुस अरुका योजना मेरो भन्दै जनतालाई ठग्ने काम नगर्नुस ।”
दोश्रो कार्यकालका लागी वडा अध्यक्षमा निर्वाचित भएका प्रेम भण्डारीले ५ बर्ष वडा नम्बर ९ मा धेरै बिकासका काम सम्भव भएको बताए । प्रदेश र केन्द्रिय सांसदबाट कुनै बजेट नपाएपनि आफ्नै बल बुतामा यत्रो काम गर्न भ्याएको उनले बताए । चुनाव नजिकिदै गर्दा जनता झक्याउन अरुका योजनालाई आफ्ना योजना भन्दै भिडियो बनाएर प्रचार प्रसार नगर्न उनले सांसद चौधरीलाई आग्रह गरे ।
उनले वडा कार्यालयका योजना र अरुका योजनालाई आफ्नो भन्दै गलत प्रचार गरेको नसच्याए सांसद चौधरी बिरुद्ध मुद्धा हाल्ने चेतावनी दिए ।