धनगढी। धनगढीमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना(सुपर) अन्तरगत बिद्यालयहरुमा प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम सुरु भएको छ। (सुपर) परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपी/युनीसेफ, यु एन ओमनको सहकार्यमा आज देखी बिद्यालयहरुमा सो तालिम तथा अभ्यास सुरु भएको हो। सो कार्यक्रम आज धनगढी उपमहानगरपालीका वडा नम्बर २ स्थीत शारदा माध्यमिक बिद्यालय बैयाबेहडीमा शहरी बिपद् सम्बन्धि आगलागी नियन्त्रणको प्रतिकार्य तालिम तथा अभ्यास गराइएको हो। तालिम तथा अभ्यासमा बिद्यार्थीहरुलाई घर, बिद्यालय तथा बिपत जोखीम हुने स्थानहरुमा हुने आगलागीबाट के कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारीका साथै प्रयोगात्मक तालिम तथा अभ्यास गराइएको थियो।
कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई प्रत्यक्ष तालिम तथा अभ्यास गराइएको हो। सानो आगलागीको लापरवार्हीले उद्योग, कलकारखानामा ठुलो जोखीम हुने भएकाले अग्नी नियन्त्रक सामाग्री तथा सुरक्षाको बन्दो बस्त गर्न आवश्यक रहेको सुझाब दिइएको छ। साथै स्कुल तथा बिद्यालयमा पनी जतीबेला पनी बिभिन्न किसीम(ग्यास लिक भएर, बिद्युत सर्ट) भएर आगलागी हुनसक्ने भएकाले आवश्यक सुरक्षा अपनाउन अनुरोध गरिएको छ। शारदा माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक तेज बहादुर सिंहले यो बिपद सम्बन्धि तालिम तथा अभ्यास निकै उपयोगी रहेको बताएका छन्।आफुले पनी यो तालिम तथा अभ्यासबाट धेरै कुरा सिकेको बताउँदै बिद्यार्थीहरुले पनी आगलागी कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा प्रत्यक्ष प्रयोगात्मक अभ्यास सिकेको बताए। सिकेको अनुभबलाई आगलागी भएको समयमा यस्को सदुपयोग गर्न उनले सुझाब दिएका छन्। उनले भने घरमा टिभीमा हेरेर र स्कुलमा पढाएको भन्दा प्रत्येक्ष तालिम तथा अभ्यास सहभागी भएर गरीएकोमा यो कार्य निकै अत्यन्त निकै उपयोगी भएको बताए ।
यस्तै तालिम प्रशिक्षक तथा परियोजना अधिकृत गौरीलाल बुढाथोकीले सिलीङडर ग्यासबाट आगलागी कसरी हुन्छ सोबारेमा तालिम तथा अभ्यास गराएका थिए। यस्तै कक्षा १२ मा अध्ययनरत बिद्याथी सुनिल खड्काले आगलागीबाट कसरी बच्ने र कसरी सावधानी अपनाउने बारेमा जानकारी पाएको बताए। दैनिक जिवनमा लागुहुने कुराहरुको बारेमा जानीराख्नुपर्ने बताउँदै भोलीको दिनमा आउने भैपरी र जोखीमको समस्यालाई के कसरी समाधान गर्न सकिने भन्नेबारेमा ज्ञान लिएको बताए। यस्तै तालिम तथा अभ्यासमा सहभागी बिद्यार्थी मोहनराज कापडीले आगलागी लाग्नु भन्दा पहिला आवश्यक सुरक्षाका सामाग्री तयारी अवस्थामा राख्न र आगलागीपछि कसरी बचेर आगो नियन्त्रण गर्न सकिन्छ त्यो बारेमा प्रशिक्षकबाट जानकारी पाएको बताए । उनले आफुले सिकेको ज्ञानलाई आगलागी भएको समयमा ब्यवहारीक रुपमा प्रयोग गर्ने बताएका छन् । तालिममा बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा शिक्षक लगायत आयोजक तथा सहआयोजकहरुको उपस्थीती रहेको थियो।



