सुदूरपश्चिम ।सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिइएको छ। हरेक बर्ष भदौ १ ओल्के पवर्का रुपमा मनाईन्छ । भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सुदुरपश्चिम प्रदेश भरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द हुने जनाएको छ। भदौ १ गतेका दिन काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने गरेको छ ।
साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन रहेको छ। विशेष उक्त दिनमा आफूभन्दा ठुलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको मुख्य विशेषता हो।