धनगढी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसंगै बिभिन्न दलबाट नेताहरुले आकाक्षां ब्यक्त गरिरहेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा काग्रेंसबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको उमेदवारी रहने चर्चा चलिरहँदा क्षेत्र नम्बर ५ कै प्रदेशसभा क मा काग्रेंसबाट नारायण बरालले दावी गरेका छन् ।
नेपाली काग्रेंसका नेता बरालले आफु प्रदेशसभा क का लागी बलियो उमेदवार रहेको बताएका छन् । बराल आफु टिकट पाउनेमा ढुक्क छन् । २०७४ सालको स्थानिय तह निर्वाचनमा धनगढी उप महानगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष निर्वाचित भएका बराल चर्चित र लोकप्रिय वडा अध्यक्षका रुपमा चिनिन्छन् ।
म आफु भन्दैन जनताले मेरो काम राम्रोसंग देखेका छन् बरालले भने “वडा नम्बर ८ मा कस्तो काम गरेको छु जनता र पार्टीका नेता कार्यक्रता सबैलाई थाहा नै छ, त्यस कारण जनताले अब प्रदेशसभा सदस्य बन्नुपर्छ भनेर भनिराख्नुभएको छ र मेरो दावी हो ।”
वडा अध्यक्ष हुँदा सिमित श्रोत साधनका बावजुतपनि मैले जनताको मनमा भिज्नेगरी काम गरेको छु बरालले भने “मलाई पार्टीले प्रदेशसभा सदस्यको टिकट दिए ढुक्क भएर बिजयी हुन्छु ।” जनताका सबै मुद्धालाई मैले राम्रो संग नियालेको छु, सबै जनतालाई भेटेको छु उनले भने “थुप्रै मेरा जित्ने आधार छन्, जनताका बिचमा राम्रोसित म भिजेको छु, यस कारण पार्टीले मलाई टिकट दिनेमा ढुक्क छु ।