लागु औषध समित २ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने २४ वर्षीया दिपेन्द्र सिंह बिष्ट र सोही ठाउँका किशोर थापालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
उनीहरुको साथबाट १८.४९ ग्राम लागुऔषध खैरो हेरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु सवार म१प३९७८ नम्बरको मोटरसाइकल र उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।