धनगढी। धनगढी वडानम्बर १२ का वडाध्यक्ष शेरबहादुर महराले वडा अध्यक्ष पक्राउ भन्ने बिभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको बताएका छन् । चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्र साउदले जानकारी दिएका थिए।
तर यता महराले प्रेस बिज्ञप्ती मार्फत समाचार प्रती ध्यानाकर्ण भएको बताउँदै भनेकै भरमा समाचार प्रकाशन गरेकोमा असन्तुष्टि ब्यक्त गरेका छन् । आफुले घरायसी कामका लागी साथीबाट ५ लाख रकम सापटी लिएको र आफुले ४ लाख फिर्ता गरिसकेको अवस्थामा १ लाख बुझाउन बाँकी रहेको बताए। बुझाउन बाँकी रहेको १ लाख निर्वाचन र बिभिध कारणले रकम फिर्ता गर्न नसकेको र केही दिनमै बाँकी पैसा फिर्ता गर्ने बाचा गरेको बताएका छन्।
प्रेस बिज्ञप्ती मार्फत कसैबाट सञ्चालित भएर र सुनियोजित रुपमा राजनितीक जिवनमा दाग लगाउने षडयन्त्र गरेर चेक अनादरको मुद्धा हालिएको बताए । साथै उनले अदालतमा उपस्थीत भएर साथीलाई सो रकम बुझाइसकेको बताएका छन् ।उनले यस्तो हुनु दुखद भएको र समाजमा गलत सन्देश गएको बताउँदै नेपालको संबिधानको अधिकार कार्यान्वयन गर्न कटिबद्ध रहेको बताएका छन् । वडा अध्यक्षको पदमा होस या यस अघि कुनै जनभावना बिपरीत कार्य नगरेको बिज्ञप्ती मार्फत स्पस्ट पारेका छन् । भने यस्तो गलत प्रचारको बिश्वास नगर्न सबैमा उनले अनुरोध गरेका छन् ।