कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक महिला झुन्डिएको अवस्था मृत भेटिएकी छन्। कृष्णपुर नगरपालिका २ बाणीकी ५३ बर्षिया ज्ञानुदेवी चौधरी मंगलबार कुखुराको खोरमा झुन्डिएको अवस्थामा अवस्था मृत भेटिएको प्रहरीले जनाएको छ।
बाणी मछेली पुल नजिक चौधरीले खाली रहेको कुखुराको फार्मभित्र झुण्डिएर उनले आत्महत्या गरेकी हुन्। ईलाका प्रहरी कार्यालय झलारीका अनुसार मछेली पुल नजिकै खाली रहेको कुखुरा फार्मभित्र चौधरीले चुन्नीले पासो लगाएर आत्महत्या गरेकी हुन् । उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।