कैलाली। कैलालीमा लागुऔषध (नाईट्राभेट)सहित १ जना पक्राउ परेका छन्। शनिवार साँझ साढे ७ बजे जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं ०९ स्थित खक्रौलाबाट लागुऔषध (नाईट्राभेट) सहित १ जनालाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय टिकापुर मातहत प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटी गएको प्रहरी टोलीले लम्की-चुहा नगरपालीका वडा नं ८ बचेलाका शिशिर साउदलाई पक्राउ गरेको हो। शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्राभेट-१० लेखेको पत्ता थान-२ (१८-ट्याब्लेट) फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ। लागुऔषध (नाईट्राभेट)सहित निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।