धनगढी : श्रम , रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शेर बहादूर कुँवरले बिदेशमा सिप सिकेर नेपाल स्वदेश आएका नेपालीहरुलाई स्वदेशमै बसेर काम गर्ने वातावरण श्रृजना गर्नमा मन्त्रालय लागेको बताएका छन् । धनगढी बिमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कुँवरले यस्तो बताएका हुन् ।
नेपालमा स्वरोजगार कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर हामीले बिदेशमा गएर फर्केका दाजुभाइहरुलाई एकिकृत कार्यक्रममा समावेश गर्नका लागी निति पास गरेका छौँ उनले भने “सो निर्देशिका अनुसार बिभिन्न संस्थाहरु, बैदेशिक संस्थाहरुलाई लगानीको लागी आकर्षित गरेका छौँ, जसले पुजिं ल्याएर आउँछ त्यसलाई उद्धमशिलतामा लाउन हामीले प्रेरित गर्नेछौँ ।”
बिदेश जानुपर्ने रहर नभएर बाध्यता छ तर त्यसलाई हामीले कसरी रोक्न सक्छौँ हाम्रो ध्यान गएको छ उनले भने “हाम्रा श्रमिकहरुको शुरक्षा कसरी गर्न सकिन्छ श्रम गन्तब्यमा पुगेका नेपाली नागरिकको शुरक्षा लगायतमा हामी गम्भिर छौँ ।”
कुँवरले नागरिकता विधेयकमा असहमति जनाएका हुन् । उनले दुई देश बिचको शक्तिशली राष्ट्रको बिचमा भएको देशमा नागरिकता विधेयक त्यति सहजै पारित गर्नुनहुने बताएका हुन् ।
नागरिकता ऐन २०६३ ले केही बुँदा खुकुलो बनाएको बताउँदै कुँवरले त्यो बेला खुकुलो पारिनुनै गलत रहेको स्पस्ट पारे । नागरिकता दिनमा केही प्रावधान कडा गरेर दिनुपर्ने अडानमा हिजोदेखी अहिलेसम्म रहेको कुँवरले बताए । तत्कालिन नेकपा करिब दुई तिहाइ सहित सरकारमा हुँदा रोक्ने या पास गर्ने बिषय निक्र्यौल हुनसक्ने दावी गर्दै कुँवरले सोही बेला बिधेयकका बेला चासो नदिएको आरोप लगाए । सत्तामा हुँदा एक कुरा र बाहिर हुँदा अर्को कुरा गर्न नहुने उनको भनाई थियो ।
यस्तै मन्त्री कुँवरले माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायत कम्युनिस्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाउने कुरा सकारात्मक रहेको बताए । तर भनेरै सबै कुरा नहुने भएकाले अहिलेनै के हुने भन्न नसकिने उनको भनाई छ ।