दार्चुला। दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३ मानाकोट बस्ने २० वर्षीया रोशनी महरा मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेको जानकारी दिए । उनी विवाहित महिला हुन् ।महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।