कञ्चनपुर। कञ्चनपुरको बेलडाँडीमा सर्पको टोकाइबाट एक जना महिलाको मृत्यु भएको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प दंशबाट मृत्यु भएको हो ।
पारिवारिक स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले घरमा सुतिरहेको अवस्थामा गए राति १ः३० बजे सर्पले डसेको जानकारी दिए। सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।