कैलाली। कैलालीमा मोटसाइकलको ठक्करबाट बालक घाइते भएका छन्। कैलालीको टीकापुर नगरपालिका-१ मा सुपप्र ०१ ०११ प २०३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४ वर्षीय रोमिश चौधरी घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनी बुवा रोहित चौधरीसँग बर्दियाबाट मामाघर आएका थिए।
सडकमा खेलिरहेका रोमिशलाई शनिबार साँझ टीकापुर-१ कै २३ वर्षीय सुमन चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो। रोमिशलाई उपचारका लागि टीकापुर अस्पतालबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकलसहित चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।


