कञ्चनपुर। कञ्चनपुर कृष्णपुर २ मा रहेको गडबिजुला तालको विगौ जग्गा मिचिन थालेको छ। कञ्चनपुर कृष्णपुर २ का स्थानियले गडबिजुला तालको विगौ जग्गा मिचिन थालेको आरोप लगाएका हुन्। सबैको सार्वजनिक महत्व बोकेको तालको विगौ जग्गा मिचिनु राजनितीक संरक्षण नै मुख्य कारण भएको स्थानिय गोकर्ण कलौनीको बुझाई छ।
उनीहरुले गडबिजुला तालको विगौ जग्गा मिचिएको बारे स्थानिय सरकारलाई बारबार निवेदन दिँदा पनि वडा अध्यक्ष तथा स्थानिय जनप्रतिनिधी फिल्डमा नआएको बताए। यता काँग्रेस वडा उप-सभापति गोपाल भारतीले चुनावको समयमा राजनितीक संरक्षणमा वर्तमान वडा अध्यक्ष अर्जुन साउदले गडविजुला तालको जमीन मिचाएको बताएका छन्। स्थानियहरुले तत्काल स्थानिय सरकार तथा जनप्रतिनिधीले यस बिषयमा चाँसो दिई छानबिन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सार्वजनिक सम्पती मिचिनु गैर कानुनी कार्य भएको भन्दै सो कार्यमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । यता वडा अध्यक्ष अर्जुन साउँदले गडविजुला तालको जमीन मिचाएको भन्ने आरोप झुटा भएको बताएका छन् । उनले भने, गोकर्ण कलौनी मेरो वडा अध्यक्षको प्रतिस्पर्धी भएका कारण राजनितीक प्रतिसोध साध्न यो आरोप लगाएको बताए । स्थानिय तहको चुनाब हारेर मलाई दोष देखाउन उनले यो आरोप लगाएले यो सत्यता नभएको दावी गरे।