कैलाली। कैलालीको अत्तरियामा विद्युत कार्यालयमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिद्युत प्राधीकरणको कार्यालय भित्र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। ट्रकमा बिद्युत तार लोड गर्ने क्रममा करेन्ट लागेर बझाङको केदारस्यु गाउँपालिका- १ बस्ने २१ बर्षीय सन्तोष भण्डारीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-१ धनगढी रोडमा रहेको उक्त विद्युत कार्यालय परिसरमा सु.प.प्र. ०१–००१–ख २६७४ नम्बर ट्रकमा बिद्युतको तारहरू लोड गर्ने क्रममा ट्रकका सहचालक भण्डारी करेन्ट लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढी स्थित केजी अस्पतालमा लगिएकोमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।