कैलाली। कैलाली घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आउन जान समस्या भएकाले तत्काल नयाँ बस सेवा सञ्चालनको माग गर्दै नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियू गरि तीन विद्यार्थी संगठनले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका छन् ।
क्याम्पसमा हाल तिन ओटा बस सञ्लनमा छन्। बस सञ्लनमा आएता पनि धेरै टाढा टाढाबाट आउने विद्यार्थीलाई उभिएर आउनु पर्ने, कलेजमा विद्यार्थी संख्या बढी भएकाले बसमा सिट नपाउने देखि विद्यार्थीलाई कोचाकोच गरि ल्याउँदा निकै असहज भएको विद्यार्थीहरू बताउँछन्। अनेरास्ववियुका इकाई संयोजक गणेश बोहराका अनुसार हामीले पटक पटक क्याम्सपस प्रसासनमा यस विषय उठाउँदा पनि सुनवाई नभए पछि हामीले ताला लगाउन बाध्य भएका हौं। विद्यार्थीका माग पुरा नभएसम्म क्याम्पसमा अनिस्चितकालिन ताला बन्दि कायमै रहनेछ ।


