बाजुरा। बाजुराको कोल्टि बाट गर्भवती महिलाको हवाइ उद्धार गरिएको छ। बाजुराको बुढिनन्दा नगरपालिका ६ कि २१ बर्षिय गर्भवती मनिषा भण्डारी सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो।
बुढीनन्दा नगरपालिका गर्भवती भण्डारीलाई हेलिकप्टर मार्फत नेपालगञ्ज पठाइएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका छन् । बाजुरा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेकि भण्डारीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको बिष्टले जानकारी दिए।