कञ्चनपुर। कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक दुर्घटना हुँदा २ जना घाइते भएका हुन्। दुर्घटनामा मोटरसाइकल बेल्डाँडी गाउँपालिका २ बस्ने ३६ वर्षीय मदन बडुवाल र कारमा सवार नेपालगञ्ज नगरपालिका १९ बस्ने स्यास्ने क्षेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।
दिउँसो १ बजे पश्चिमबाट पुर्वतर्फ गइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट आइरहेको सुपप्र ०२००३ प ३४८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मोटरसाइकल चालक बडुवालको हात खुट्टामा चोट लागेको छ । भने कारमा सवार श्रेष्ठको सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको जनाइएको छ । कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।