धनगढी। धनगढीका एक वडा अध्यक्ष आफै ह्युमपाईप भित्र पसेर फोहोर बस्तु हटाउन पुगे ।लगातार परेको वर्षाले ह्युमपाईपमा फोहोर वस्तु अड्किएर पानि निकास नभएपछि वडा नं ३ का अध्यक्ष राज बहादुर ऐर आफै ह्युमपाईपमा पसेका हुन् । विभिन्न फोहोर वस्तु अड्किएर पानी जाम हुन थालेपछि सो बस्तु हटाउन निकै जोखीमका बाबजुत ह्युमपाईप भित्र आफै पसेर फोहोर बस्तु हटाएका छन ।होम पाईप भित्र जाम भएको पानीमै पसेर उनले सरसफाई गरेका हुन् । सरसफाई गरेर मुस्कीलले बाहिर निस्कनुपर्र्यो ऐरले । बर्षौ देखी डुवानको समस्या समाभान नहुँदा जनप्रतिनिधी आफै जोखीममा खटीन पुगेका छन् । राजपुर देखि मोहना सम्म मास्टर पल्लान बनाएर संघिय सरकारवाट ठुलो योजनाको नाला निर्माण गर्नु पर्ने ऐरले बताए। जव सम्म ठुलो नाला राजपुर वाट भन्सार सम्म दुवै किनारमा निर्माण हुदैन तव सम्म ढुवानको निकास नहुने उनले बताए ।ऐरले भने,यो सानो बजेटले केही नहुने भनेर धनगढी उपमहानगरपालीकाका उपमेयर कन्दकला रानालाई ध्यानाकर्षण गराए। उनले भने जवसम्म संधिय सरकारले यस्को पहल गर्दैन तवसम्म यस्तै समस्या रहिरहन्छ। वडा अध्यक्ष ऐरले धनगढी उपमहानगरपालिको उपमेयर कन्दकला कुमारी राना र प्रविधिक टिम लगाएतको टोलिलाई वडा नं। ३ को ढुवान क्षेत्र, नेतुवा ताल लगाएतको क्षेत्र निरिक्षण गराएका छन् ।भिडियो हेर्न यहाँ तल क्लीक गर्नुहोस (सौजन्य: राज बहादुर ऐर )
https://www.facebook.com/2711719412235054/videos/536095061548880