धनगढी। आज असार १५ गते बुधबार अर्थात् धान दिवस। राेपाइँमा सहभागी हुनुका साथै अन्य विभिन्न कार्यक्रम गरेर याे दिवस मनाइएकाे छ। धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम तथा रोपाइँ महोत्सवमा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीलगायत ।
कृषि ज्ञान केन्द्र डोटी, कृषि विकास निर्दशनालय र कृषि विकास शाखा दिपायल सिलगढी नगपालिकाको संयुक्त आयोजनामा गरिएको धान रोपाइँ।कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक यज्ञराज जोशीलगायत
सुदूरपश्चिम कृषि विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा एक लाख ७५ हजार दुई सय १८ क्षेत्रफलमा धान खेती भएको थियो भने चालु आर्थिक वर्ष २०७८/८९ मा एक लाख ७२ हजार सात सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।त्यस्तै, प्रदेशमा धानको उत्पादकत्वमा पनि ह्रास आइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा छ लाख ४४ हजार नौ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।सुदुरपश्चिममा ४५ प्रतिशतमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।