दार्चुलामा काकी बलात्कार गरेर जलाउने भोजराजलाई आजीवन कैदको माग

दार्चुला। दार्चुलामा काकीलाई बलात्कार गरेर जलाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई आजीवन कैदको माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको हो।दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रतिक विष्टले पक्राउ परेका भोजराजविरुद्ध तीन वटा कसुरमा मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताए।