धनगढी। कैलालीको धनगढीमा ५ लाख ५७ हजार बढीका अवैध सामान बरामद गरिएका छन्। शनिबार कैलालीको धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले धनगढीस्थीत त्रिबेणीघाटबाट ५ लाख ५७ हजार ३६० मुल्यका अवैध सामानसहित अटोरिक्सा नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको कपडा, चप्पल र अटोरिक्सा बरामद गरिएको हो। यस्तै से १ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से१ स ३६५९ बाट कपडा र चप्पल बरामद गरिएको प्रहरीले जनाएको छ। करिब ५ लाख ५७ हजार ३६० बराबरको सामान बरामद गरेर आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।
धनगढीमा ५ लाख ५७ हजार बढीका अवैध सामानसहित अटोरिक्सा नियन्त्रणमा
धनगढीमा ५ लाख ५७ हजार बढीका अवैध सामानसहित अटोरिक्सा नियन्त्रणमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु