धनगढी। धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वीयुले मूल्य बृद्धिको विरोधमा सरकारी सवारी साधन चल्न नदिने भएको छ।
राष्ट्रिय युवा संघका नगर कमिटि अध्यक्ष अविशेक नाथ(लोक)ले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्यका वस्तुको मूल्य बृद्धिको विरोधमा बुधबार धनगढी उपमहानगरपालिका क्षेत्रमा कुनै पनि सरकारी सवारी साधन चल्न नदिने बताए।
मूल्य बृद्धिको विरोधका आन्दोलनका कार्यक्रमका अन्तरगत बुधबार बिहान १० देखि साँझ ५ बजेसम्म कुनै पनि सवारी साधन चल्न नदिने बताउँदै जबरजस्ती गरेको खण्डमा पर्ने दुर्घटना सम्बन्धीत कार्यालयले जिम्मा लिनुपर्ने बताए ।सरकारले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग छ। एमाले सम्बद्ध अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार धनगढीमा राँके जुलुससहित प्रर्दशन गरेको थियो ।


