धनगढी। धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ।
उपमहानगरपालिकाले धनगढी डुवानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको हो। खोलानाला अतिक्रमण नहटाउन्जेल सम्म धनगढी डुवानको समस्या समाधान नहुने भन्दै आजदेखि नालाहरूको अतिक्रमण अटाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए।
आजबिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गरेको उनले बताए। डुबानको समस्या धनगढीमा सबैभन्दा ठुलो समस्याको रुपमा देखिएकोले सो कार्यमा सहयोग गरिदिनहुन सम्पूर्ण धनगढीवासीमा उनले अपिल गरेका छन् । धनगढीमा खोलानाला सबैभन्दा बढी अतिक्रमणको चपेटामा छन् ।


