कञ्चनपुर। कञ्चनपुरका एक वडाअध्यक्षले आफू बस्ने कुर्सीमा भगवानको फोटो राखेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ९१३ का वडा अध्यक्षको कार्यकक्षमा एउटा अनौठो दृश्य देखिन्छ ।
कार्यकक्षमा टेबलको छेउमा अफिस कुर्सी छ छेउमै राष्टिूय झण्डा ,कुर्सीमा भगवान रामको फोटो राखिएको छ ।
त्यही सरकारी कुर्सीमा श्रीराम लेखिएको गम्छा त्यसमा रुपैँयाको माला, फुलमाला र भगवान श्रीराम ,सिता र हनुमानको फोटो राखेर सजाएका छन । वडा अध्यक्ष राम बहादुर बोहराले भने ‘म जनताको सेवक हु ५ वर्ष जनताको सेवामा समर्पित हुन्छु यदि म कतै विचलित भयो भने भगवानले सहि बाटोमा ल्याउनेछन ।’ उनले आफु पहिलेदेखी नै धार्मीक आस्थावान भएको बताए ।
बोहरा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनले घरबाटै प्लाष्टिकको पुरानो कुर्सी कार्यालयमा राखेर सेवा प्रवाह गरिराखेका छन । ‘मेरो कार्यकाल अवधीभरमा म त्यो कुसीमा बस्दैन प्लाष्टिकको कुर्सीबाटै सेवा दिन्छु ।’ वडा अध्यक्ष बोहराले भने९‘पाँच वर्ष जनताको सेवक भएर काम गर्ने छु ।’ पहिले देखिनै आध्यात्मिक वडाध्यक्ष बोहराले जनतालाई भगवानकै रुपमा हेरेर काम गर्ने प्रण गरेका छन । भगवानलाई साँक्षी राखेर जनताको शासक नभई सेवक भएर काम गर्ने उनले प्रतिवद्धता गरे ।उनले आफुले राम्रो गरेको काम पाँच वर्षपछि देखिने बताए।
‘अहिले म परिक्षा दिदै छु के कस्तो हुन्छ त्यसको रिजल्ट पाँच वर्ष पछि आउनेछ ।’ उनले भने ९‘वडामा राम्रो काम गर्नका लागि म एक्लैले हुदैन सबैले सहयोग गनुपर्छ ।’ उनले महाकाली नदीलाई तीर्थ स्थलको रुपमा विकास गर्ने योजना रहेको बताए । त्यसैगरी वडामा रहेको पर्यटकिय स्थल एसियाकै सबैभन्दा लामो झुलुङ्गे पुल,शुक्लाफाँटा राष्टिूय निकुञ्जबाट फाईदा पुग्ने गरी काम गर्ने उनको भनाई थियो । कञ्चनपुरमा दुई वटा वडामा भीमदत्त नगरपालिका९१३ र पूर्नवास नगरपालिका ८ मा मात्रै स्वतन्त्र उम्मेदवार विजयि भएका थिए । यि दुबै उम्मेदवार नेपाली कांग्रेसबाट विद्रोह गरेर विजयि भएका हुन । गत निर्वाचनको बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मेयर दिल बहादुर ऐरले पनि सरकारी कुर्सी छोडेर घरबाटै काठको कुर्सी लगेर पाँच वर्ष काम गरेका थिए ।


