धनगढीको नवजीवनका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण, २ जनाको जिम्मेवारी खोसियो

कैलाली। धनगढीको नवजीवनका १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ। कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरिएपछि धनगढी शाखामा कार्यरत १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।