दार्चुला। दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबाँजमा एक पुरुष मृत फेला परेका हुन्। प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका-६ पनेबाँज वडा नम्बर ६ का ५५ वर्षिय जयसिंह धामी महाकाली लोकमार्गको चैतलीचौर नजिक भुँणा खोला मृत फेला परेका हुन्।
शुक्रबार बेलुकीदेखि हराएका धामी आज शनिबार बिहान स्थानीयले खोजी गर्दा मृत फेला परेका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।