कञ्चनपुर। कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिवार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीस्थीत पूर्वपश्चिम राजमार्गमा से२प ५६५८ नम्बरको मोटरसाइकललाई से१त ९६६८ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त–१ का ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो।
दुर्घटनापछि ट्र्याक्टर चालक बेदकोट नगरपालिका–१० का राकेश रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका धामीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिए पनि उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिए । उनका अनुसार ट्र्याक्टर चालक २५ वर्षीय रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।


