कैलाली। कैलालीमा मलको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।
रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घोडाघोडीमा सम्पन्न विरोध कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी कैलाली सचिव गणेश ढकालले सम्बोधन गरेका थिए ।