कैलाली। कैलालीको घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका पुर्वपश्चिमराजमार्ग स्थित पाण्डेयचोकमा मोटरसाइकलले ठक्कर दिँदा घोडाघोडी २ की ५१ वर्षीया तारा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति छाडा चौपाया धपाउने क्रममा पुर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००८ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
ठक्करबाट घाइते भएकी रावललाई उपचारका लागि घोडाघोडी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्ररहरीले जनाएको छ।मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय अशोक शाही घाइते रहेको प्रहरीले जनाएको छ। उनको सुखड अस्पतालमा उपचार भइरहेको छ।


