बुढीगंगा निर्वाचन:महान्यायाधिवक्तालाई स्पष्टीकरणको माग,दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको आयोगको निष्कर्ष

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ।