काठमाडौँ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन्। मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।
नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ। हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्, प्रवक्ता सिलवालले भने ।काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ । थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलतिर गएको छ । थप खबर आउन बाँकी छ,उनले भने ।