कैलाली। गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीको धनगढीमा विरोध प्रदर्शन गरिएको छ। शनिवार उद्योग वाणिज्य संघ, कैलालीको आयोजनामा धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध ¥याली निकालिएको हो ।
भौतिक निर्माणको कार्य अन्तिम चरणमा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई तत्काल संचालनका लागी आवश्यक बजेट माग गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । पार्क मोडमा भएको विरोध सभामा सम्बोधन गर्दै विभिन्न व्यक्तिहरुले मेडिकल कलेज सञ्चालनमा सरकारले बेवास्ता गरेको बताएका छन्।सरकारले आगामी आर्थिक बर्षको बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न समेत माग गरेका छन्। यस्तै आजै दिउँसो ४ बजे धनगढी एल एन चौकमा मेडिकल कलेज सचालनकालागि नागरिक आन्दोलनमा सहभागी बन्न कैलाली उधोग बाणिजय संघले आग्रह गरेको छ । आर्थिक बर्ष २०७९/८० भित्रै विशेषज्ञ स्वास्थ्य सेवा सचालन सहित मेडिकल कलेज सचालनको भरपर्दो र बिश्वासिलो ब्यवस्था गर्न र सघिय ससदको चालू अधिबेशन मै गेटा मेडिकल कलेज कानुनी हैसियत स्पष्ट गर्न नितिगत ब्यवस्था गर्न माग गरेको छ।