बुद्ध एयरको यस्तो अमानवीय ब्यवहार,-आगोले जलेकी कुँवरलाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन

कैलाली। कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो।