धनगढी। सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।



मुख्य निर्वाचन कार्यालयको अन्तीम मत परिणाम अनुसार २६ हजार ८६५ मत ल्याएर हमाल धनगढीको मेयरमा निर्वाचित भएका हुन् ।यस्तै उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट साझा उम्मेदवार नृप बहादुर वडले १४ हजार ८१७ मत ल्याएर पराजित हुनुपर्र्यो ।यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।
यस्तै उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार ४७९ मत ल्याएर निर्वाचित भएकी छिन् ।यस्तै उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत ल्याएर पराजित हुनुपर्र्यो । यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाएका छन्। यसपटक सत्ता गठबन्धनबाट गठबन्धन गरेको काँग्रेस, माओवादी र नेकपा एस मिलेर समेत धनगढीमा मेयर र उपमेयर सहित विभिन्न वडा गुमाउन पुगेका छन् ।









