धनगढी । धनगढी वडा नम्बर ८ मा नेकपा एमालेका जुगराम चौधरी बिजयी भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष पदमा चौधरी प्यानल सहित बिजयी भएको हो ।
एमालेका वडा अध्यक्ष उम्मेदवार जुगराम चौधरीले निकतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज जोशीलाई पराजित गरेका हुन। उनले १ हजार ५२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवराज जोशीले १ हजार ४४ मत ल्याएका छन्।
सुरु देखि नै निकै टक्कर देखिएको मतपरिणाममा अन्त्यमा जुगराम चौधरीले ५ मतको अन्तरले जोशीलाई हराएका हुन् । यस्तै माओवादी केन्द्रका विश्वजित चौधरीले १५३ मत ल्याएका छन्। यस्तै उक्त वडाका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। धनगढी उपमहानगरपालिका वडा न. ८ नेकपा पुर्वमन्त्री एवं एमालेका पोलिटव्युरो सदस्य, कैलाली इन्चार्ज नारदमुनी रानाको गृह वडापनि हो। यस अघिको निर्वाचनमा काङ्ग्रेसले प्यानल सहित जितेको यस वडामा यो पटक एमालेले बदला लिएको छ। नेकपा एमालेका अन्त्य सदस्यका उम्मेदवारहरु सबै सानदार मतसहित निर्वाचित भएका छन्,यधपी निर्वाचन आयोगको घोषणा भने बाकी नै छ। धनगढी ८ मा २७४५ मत खसेको थियो।