धनगढी। धनगढी उप महानगरपालिकाको उप मेयरमा एमालेकी कन्दकला रानाले अग्रता लिएकी छिन ।
शुरुबाटै गठबन्धनकि उमेदवार शान्ति अधिकारीले अग्रता लिए पनि वर्ड नम्बर ८ र १२ को गणना हुदा रानाले अग्रता लिएकी हुन् । भरखरै प्राप्त मतपरिणाम अनुसार रानाले १०८८० मत प्राप्त गरेकी छिन भने गठबन्धनकि अधिकारिले १०७०२ मत प्राप्त गरेकी छिन ।
यस्तै स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६००० मत प्राप्त गरेका छन् । १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। बाँकी वडामा अहिले मत गणना चलिरहेको छ ।