धनगढी। कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल विजयी भएका छन् । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुखमा कँडेल विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन् । शनिबार देखी जारी रहेको सम्पन्न मतगणन अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका कडेल सुरुवात देखी नै अग्रता लिदै आएका थिए ।
७ हजार १ सय ६३ मतान्तरले कँडेल विजयी भएका छन्।उपप्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए । उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका छन् । २६ हजार ९ सय ८५ मत खसेको गौरीगङ्गामा २६ हजार ३०३ मत सदर हुँदा ६ सय ८२ मत बदर भएका थिए ।