कैलाली। कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित भएका छन । मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी भएकी छन्।
बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्बाचनको मतगणना सोही दिन रातीबाट शुरु भएको थियो। मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन्। एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले पराजित गर्दै कांग्रेसका भट्ट निर्वाचित भएका हुन ।
कुल ३६ हजार ६ सय २२ मत खसेको थियो। नगरको उपप्रमुखमा भने एमालेकी शारदा रोकाया विजयी भईन । उनले नेकपा एकिकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतलाई ६ सय ८७ मत अन्तरले पराजित गरिन । रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गरीन भने कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरीन । कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो। गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृहनगर समेत हो। नगरमा कांग्रेसले ७ वडा जितेको छ भने एमालेले ४ वडा जितेको छ । एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेको छ ।
मेयर (सुर्य)
वडा नम्बर १ बाट – १३९४
वडा नम्बर २ बाट – १०१२
वडा नम्बर ३ बाट -६५२
वडा नम्बर ४ बाट -१०२१
वडा नम्बर ५ बाट – ८१०
वडा नम्बर ६ बाट -१३९८
वडा नम्बर ७ बाट -७६७
वडा नम्बर ८ बाट – १०४३
वडा नम्बर ९ बाट -९०२
वडा नम्बर १० बाट – १०४०
वडा नम्बर ११ बाट -४४७
वडा नम्बर १२ बाट – ७३८
जम्मा – ११२२४
मेयर (रुख)
वडा नम्बर १ बाट – १९७२
वडा नम्बर २ बाट – १५६०
वडा नम्बर ३ बाट – १७८२
वडा नम्बर ४ बाट – १६८४
वडा नम्बर ५ बाट – १२७०
वडा नम्बर ६ बाट – १२०८
वडा नम्बर ७ बाट -७९०
वडा नम्बर ८ बाट – १२८२
वडा नम्बर ९ बाट -१०३५
वडा नम्बर १० बाट – १४७८
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट – ८६५
जम्मा – १५५०१