धनगढी। सूदुरपश्चिमको एकमात्र उपमहानगरपालिका नेपाली काँग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार नृपबहादुर वडले लिड गरेका छन्।
Advertisement



उपमहानगरपालिको धनगढी –१७ को प्रारम्भीक मत परिणाममा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पछि पार्दै वडले लिड गरेका हुन्। सो वडामा ७ सय १ मत गणना हुँदा वडले २ सय ८६ मत प्राप्त गरेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार हमालले १ सय ७९ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ४३ मत प्राप्त गरेका छन्। धनगढीका अन्य वडाहरुमा भने स्वतन्त्र उम्मेदवार हमालले नै लिड गर्दै आएका छन्।
Advertisement
