बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–२ को अध्यक्ष पदमा माओवादी केन्द्रका (गठबन्धन) उमेदवार धनविर सार्की विजयी भएका छन। विजयी भएका सार्की नेकपा माओवादी केन्द्रबाट साझा उमेदवार हुन । सार्कीले ३५८ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेबाट उमेदवार नन्द बहादुर शाहले ३५१ मत ल्याएका छन।
Advertisement



अध्यक्ष पदमा सार्की विजयी भएको माओवादी नेता रमेश भट्टराईले बताए । साथै उनले बिजयीको शुभकामना भनेका छन् । सो गाउँपालिकामा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र समाजवादी विच गठबन्धन भएको थियो । सो वडामा गठबन्धनकाको अध्यक्ष पदका उमेदवार सहित प्यानलनै विजयी भएको छ । उक्त वडा यस भन्दा पहिले नेकपा एमालेको किल्ला भनेर चिनिन्थ्यो भने यस स्थानीय चुनावमा गठबन्धनले सो ठाउँमा नेकपा एमालेलाई पराजित गरेको छ ।
Advertisement

Advertisement

Advertisement

Advertisement
