बाजुरा। बाजुराको त्रिबेणी नगरपालिका वडा न ६ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार पारस बुढाले दोब्बर मत ल्याएर बिजयी भएका छन । वडा अध्यक्षमा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बुढा दोब्बर मत ल्याएर बिजयी भएका हुन्।
बुढाले ९७६ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन । अत्यधिक मत ल्याई बिजयी भएको माओवादी नेता रमेश भट्टराईले स्टेट सेभनलाई जानकारी दिए । साथै उनले बिजयी भएकोमा अध्यक्ष बुढालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।