धनगढी। सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालीका धनगढीको नयाँ नेतृत्व चयनका लागी भएको निर्वाचनको मतगणना जारी छ ।
बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार देखी जारी रहेको छ । अहिलेसम्म १४ हजार ७३६ गणना भएको छ।धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।
हमालले ६ हजार ५९६ मत पाएका छन्।भने उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ मत पाएका छन्। हमाल र वडबीच ३ हजार २४२ मतको अन्तर छ। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४० मत पाएका छन्।
यस्तै उपमेयरमा एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन्। मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।