काठमाडौं। महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ४१३९ मत प्राप्त गरेका हुन् । त्यसैगरी एमालेका मेयरका उम्मेदवार स्थापितले २१४८ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १९३४ मत प्राप्त भएको छ ।
त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३३८४ मत ल्याई अग्रता कायम गरेकी छन् । सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ९९२ मत ल्याएका छन् । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६० मत प्राप्त गरेकी छन् ।